खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं

खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं भन्ने आह्वानका साथ तत्कालीन गैंडाकोट युवा क्लब हालको सामाजिक विकास तथा अनुसन्धान केन्द्र को सक्रियतामा ६० जना स्थानीय युवाहरू मिलेर मिति २०५१/०२/०८ मा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता गरिएको गैंडाकोट बचत तथा ऋण सहकारी संस्था लि. र २५ जना सदस्यहरु मिलेर मिति २०५२/११/२६ मा डिभिजन सहकारी कार्यालयमा दर्ता गरि तत्कालीन गैंडाकोट गा.वि.स.मा क्रियाशील स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. बीच मिति २०७३ मंसिर ५ मा एकीकरण भई कायम भएको यस गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोट क्षेत्रका सदस्यहरूलाई आर्थिक र सामाजिक रूपमा सबल र स्वाभिमानी नागरिकका रूपमा स्थापित गराउन क्रियाशील रहेको प्रारम्भिक सहकारी संस्था हो। सहकारी एकिकरण मार्फत सदस्यहरुलाई बिस्तारित र गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले २०७४ असोज महिनामा आमा बचत तथा ऋण सहकारी संस्था लि. संग समेत एकिकरण गरि यो संस्था सहकारीका सर्वमान्य सिद्घान्तहरू तथा मूल्य र मान्यताहरूलाई अङ्गीकार गरी सदस्यहरूको हितका लागि संस्थालाई पारदर्शी, जवाफदेही र कुशल ढङ्गबाट व्यवस्थापन र विभिन्न सामाजिक एवं आर्थिक क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ । तत्कालीन गैंडाकोट गा.वि.स. लाई कार्यक्षेत्र मानी मासिक रु. ५० बचत गरेर प्रारम्भ गरिएको यस संस्थाले हाल गैडाकोट नगरपालिकालाई नै आफ्नो कार्यक्षेत्र बनाएर ७२०० भन्दा बढी सदस्यहरूलाई प्रत्यक्ष लाभान्वित गराउँदै आइरहेको छ ।

गैंडाकोटको प्रमुख व्यापारिक स्थल तथा पूर्वपश्चिम राजमार्गसँग जोडिएको आनै आकर्षक र सुविधासम्पन्न मुख्य कार्यालय तथा मिलनचोकमा आनै स्वामित्वमा रहेको सेवा केन्द्र कार्यालय, गैंडाकोट २ कालिगण्डकी चोकमा रहेको आमा सेवा केन्द्र कार्यालय तथा गैडाकोट १५ अमरापुरी क्षेत्रमा रहेको अमरापुरी सेवा केन्द्र कार्यालयबाट समेत सदस्यहरूलाई सरल र सुविधाजनक तवरबाट बचत सङ्कलन, ऋण लगानी, रेमिट्यान्स तथा अन्य वित्तीय तथा गैरवित्तीय सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ । संस्थामा उपलब्ध विभिन्न आर्थिक तथा सामाजिक गतिविधिहरूका माध्यमबाट संस्थाले आनो छवि एवं प्रभावकारितालाई जनसमुदायमा राम्रोसँग स्थापित गराउन सफल भएको छ ।

संस्थागत सुदृढीकरण र सहकारी अभियानमा समेत टेवा पुर्याउनका लागि यस संस्थाले सहकारी विभाग, राष्ट्रिय सहकारी संघ, डिभिजन सहकारी कार्यालय, नेफ्स्कुन लगायतका निकायहरूसँग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेको छ । आधुनिक वित्तीय परिवेशमा संस्थालाई सक्षम र सबल बनाई सदस्यहरूको सर्वोत्तम छनौटका रूपमा यसै संस्थालाई रोज्ने गरी विकास गर्न ब्ऋऋग् द्वारा प्रतिपादित र नेस्कुन मार्फत सञ्चालित एक्सेस ब्रान्डिङ कार्यक्रममा सहभागी भई सदस्यहरूलाई सर्वोत्कृष्ट सेवा तथा सन्तुष्टि प्रदान गर्न क्रियाशील रहदै गर्दा अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड २०१७ प्राप्त गर्न सफल भएको छ । संस्थामा हाल कुशल र अनुभवी १७ जनाको सञ्चालक समिति, ३ जनाको लेखा तथा सुपरिवेक्षण समिति र १९ जना दक्ष कर्मचारीहरूबाट कार्यालयको नीतिगत व्यवस्थापन, कार्य सञ्चालन र त्यसको सुपरिवेक्षणको काम भइरहेको छ ।