२५ औं वार्षिक साधारणसभा

यस गरिमामय २५ औं वार्षिक साधारणसभाका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष श्री डि.बि. बस्नेतज्यू, विशिष्ट अतिथिज्यूहरू, विभिन्न संघसंस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू, पत्रकारज्यूहरू, सञ्चालक समितिका सहकर्मी साथीहरू, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक एवं सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, विभिन्न उपसमितिका संयोजक एवं सदस्य साथीहरू, संस्थाका मालिक सेयर सदस्यज्यूहरू, प्रमुख व्यवस्थापकलगायत सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक अभिवादन ।

यस प्रतिवेदनमा समावेश भएका तथ्यगत विषयवस्तुले संस्थाको विगत वर्षको प्रगतिको आधारमा रही गत आ.व. २०७३/७४ मा भएका समष्टिगत कार्यक्रम तथा कारोबारको स्पष्ट चित्रण गरेको छ । यस संस्थाको सक्रिय सदस्यका रूपमा यहाँहरूले गत आ.व. २०७३÷७४ को समग्र वस्तुस्थितिलाई नजिकबाट नियालिरहनुभएको हामीले आभास पाएका छौ । सम्पूर्ण सदस्यहरू एवं शुभचिन्तक महानुभाव तथा संघसंस्थाहरूको माया, सद्भाव र सहयोगबाट यसवर्ष यस संस्थाले ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ ।

२०५० सालमा स्थापना भई सफल र सक्रिय रूपमा सञ्चालन हुँदै आएको गैंडाकोट बचत तथा ऋण सहकारी संस्था लि. र यसै क्षेत्रको स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूलाई विस्तारित र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ २०७३ मंसिर ५ गते दुवै संस्थाका बीच एकीकरण गरी गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको नामबाट सफल रूपमा सञ्चालन हुँदै आजको यस २५ औ वार्षिक साधारणसभामा आइपुग्दा हामी अत्यन्त हर्षित र उत्साहित भएका छौँ । सदस्यहरूलाई गुणस्तरीय, सर्वसुलभ र आधुनिक सेवा प्रदान गर्ने यस संस्थाको दृढसंकल्पलाई साकार पार्न छिमेकी सहकारी संस्थाहरूसँग गुणस्तरीय एकीकरण गर्ने कार्यलाई समेत गम्भीरताका साथ आत्मासात् गरेको छ । सोहीअनुरूप स्वाभिमान बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण भएको र अन्य केही सहकारी संस्थाहरूसँग पनि छिट्टै नै एकीकरणको सार्थक निष्कर्षमा पुग्ने गरी समन्वय र सहकार्य भइरहेको कुरा पनि यहाँहरूसमक्ष सहर्ष जानकारी गराउँछु । एकीकरण कार्यलाई सार्थक निष्कर्षमा पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने एकीकरण कार्यदल तथा सहकर्मी सञ्चालकहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

गैंडाकोट नगरपालिकाभित्रका सदस्यहरूलाई दुईवटा सेवा केन्द्र कार्यालय र एउटा मुख्य कार्यालयबाट विभिन्न बचत, ऋण, रेमिट्यान्स तथा तालिम शिक्षा र सूचना सेवाहरू उपलब्ध गराउँदै आएका यो संस्था राष्ट्रिय सहकारी संघ, नेफ्स्कुन, डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघलगायत अन्य धेरै निकायहरूबाट विगतका वर्षहरूमा सम्मानित एवं पुरस्कृत भएको छ । सदस्यको सन्तुष्टिलाई प्रमुख आधार बनाई वित्तीय तथा गैरवित्तीय सेवाहरू सञ्चालन गराउँदै गर्दा यसवर्ष अन्तर्राष्ट्रियस्तरको एक्सेस ब्रान्ड (ACCESS BRONZE)  प्राप्त गर्न सफल भएको छ । संस्थाले प्रदान गर्ने वित्तीय तथा गैरवित्तीय सेवाहरूको गुणस्तर तथा प्रभावकारिता, संस्थागत क्षमता, सञ्चालक तथा कर्मचारीहरूको समेत विभिन्न पक्षहरूको अध्ययन, विश्लेषण तथा मूल्याङ्कन पश्चात् एसियाली ऋण मह्रासंघद्वारा प्रदान गरिएको यस किसिमको ब्रान्डले संस्थाको समग्र सेवाको गुणस्तर सुनिश्चत गरेको छ । यस ब्रान्डले संस्थाको विकासक्रम तथा गतिलाई अझै उचाइमा पु¥याएको छ । यस सुखद क्षणमा हामीलाई ब्रान्ड प्रदान गर्ने एसियाली ऋण मह्रासंघ र निरन्तर मार्गदर्शन गरिरहने नेफ्स्कुन परिवारप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छु । यसैगरी हामीलाई पृष्ठपोषण र मार्गनिर्देश गरिरहनुहुने अकुका प्राविधिक सल्लाहकार श्री रन्जित हिताराची, नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत श्री दुर्गाप्रसाद ढकाल र श्री बल्लभ तिमिल्सिना तथा नियमनकारी निकाय सहकारी विभाग, डिभिजन सहकारी कार्यालय नवलपरासी प्रवद्र्धनकारी निकायहरू राष्ट्रिय सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला सहकारी संघ सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । यस संस्थाका सञ्चालक समिति, लेखा तथा सुपरीवेक्षण समिति एवम् उपसमितिहरू, प्रमुख व्यवस्थापकलगायत सम्पूर्ण कर्मचारीहरू, सम्पूर्ण सदस्य, सहयोगी संघसंस्था एवं यस संस्थाको प्रवद्र्धक संस्था क्म्च्ऋ प्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा यस संस्थाका सदस्यहरूलाई गुणस्तरीय र सर्वसुलभ सेवा पु¥याउने संस्थाको अभियानलाई अझ सबल र परिष्कृत गराउँदै उच्चस्तरको एक्सेस ब्रान्ड प्राप्त गर्ने र सदस्यहरूको आर्थिक सामाजिक सांस्कृतिक उन्नतिमा योगदान पु¥याउने हाम्रो सामूहिक अभिलाषालाई पूरा गर्न सक्नेछौँ भन्ने आत्मविश्वास पनि उनै मजबुद भएको छ । यस प्रक्रियामा समस्त सदस्य, शुभेच्छुक महानुभाव तथा संघ संस्थाहरू, कर्मचारी तथा भावी सञ्चालकहरूको सदाझैँ सक्रिय सहयोग र क्रियाशीलता रहनेछ भन्ने अपेक्षा तथा विश्वासका साथ यस २५औँ साधारणसभामा प्रस्तुत भएका प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रमहरू र बजेटका सम्बन्धमा आआफ्ना तर्फ़बाट रचनात्मक सल्लाह एवम् सुझाव प्रदान गर्न र संस्थालाई अझै उचाइमा पु-याउनसक्ने नेतृत्व चयन गरी साधारण सभालाई सभ्य र भव्य रूपमा सफल पार्नसमेत हार्दिक अनुरोध गर्दछु ।

साथै नजिकै आइरहको हिन्दुहरूको महान् चाड शुभ दीपावली तथा छठलगायत सम्पूर्ण पर्वहरूका अवसरमा सम्पूर्ण सदस्य, कर्मचारी एवं शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै यस संस्थामा सक्रिय भई लाग्ने थप प्रेरणा र बल मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद, जय सहकारी ।