सामाजिक उत्तरदायित्व

निःशुल्क आँखा शिविर: ‘‘सदस्यहरूको स्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ गैंडाकोट स्वाभिमान साकोसको नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मिति २०७३÷११÷२७ गते शुक्रबार जनक मा.वि.का विद्यार्थीहरूका लागि निःशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गरियो । उक्त आँखा शिविर कार्यक्रममा ७४६ जना विद्यार्थीहरूको आँखाको दृष्टि जाँच गरिएकामा ३३ जनाको विस्तृत आँखा जाँच पश्चात् २३ जनालाई चस्मा लगाउनुपर्ने सिफारिस गरी चस्मा उपलब्ध गराइएको थियो भने ३ जनाको आँखामा जटिल समस्या देखिएको हुँदा भरतपुर आँखा अस्पतालमा जान सिफारिस गरिएको थियो । चस्मा लगाउनुपर्ने २३ जना विद्यार्थीहरूलाई ५९ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा संस्थामा आयोजित कार्यक्रममा निःशुल्क रूपमा चस्मा उपलब्ध गराइएको थियो । उक्त कार्यक्रममा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

खुल्ला रक्तदान कार्यक्रम: संस्थाको नियमित वार्षिक कार्यक्रमबमोजिम मिति २०७३ माघ ११ गते संस्थाको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएकामा ६० जना रक्तदाता महानुभावहरूले रक्तदान गर्नुभएको थियो । यो कार्यक्रम गैंडाकोट स्वाभिमान साकोस, लायन्स क्लब अफ गैंडाकोट र कन्टिनेन्टल आवासीय उच्च मा.वि.को सहकार्यमा सम्पन्न भएको थियो ।

न्यानो अभियान: गैंडाकोट स्वाभिमान साकोसले हरेक वर्ष आÇनो कार्यक्षेत्रभित्र रहेको कुनै एक सरकारी विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रछात्राहरूका लागि न्यानो लुगा प्रदान गर्ने कार्यक्रमअन्तर्गत यस आ.व.मा मिति २०७३÷०८÷२९ मा श्री बालोदय प्रा.वि. गैंडाकोट १५ अमरापुरीमा अध्ययन गर्ने ८३ जना छात्रछात्राहरूलाई न्यानो लुगा वितरण गरिएको थियो । सोही कार्यक्रममा संस्थाका सञ्चालकहरूबाट स्वेच्छिक रूपमा स्टेसनरी सामग्रीहरूसमेत सङ्कलन गरी विद्यार्थीहरूलाई वितरण गरिएको थियो ।

छुट सहुलियत: यस संस्थाका सदस्यहरूलाई अतिरिक्त लाभ प्रदान गर्न केही अस्पतालहरूसँग स्वास्थ्य उपचारमा सहुलियतको व्यवस्था मिलाइएको छ । संस्थाद्वारा निःशुल्क उपलब्ध हुने सहुलियत कार्डको प्रयोग गरी निम्न अस्पतालहरूमा हालसम्म २३६ जना सदस्य र सदस्यका परिवारले स्वास्थ्य जाँच तथा उपचारमा सहुलियत सुविधा प्राप्त गर्नुभएको छ:

क) चितवन हस्पिटल प्रा.लि., भरतपुर, चितवन
ख) नारायणी सामुदायिक अस्पताल, भरतपुर, चितवन
ग) सहज सामुदायिक अस्पताल, गैंडाकोट, नवलपरासी