सदस्य सर्वेक्षण

समुदायमा आधारित यस साकोसका सेयर सदस्यहरू संस्थाका मालिक हुन् । तसर्थ संस्थाद्वारा प्रदान गरिने सेवासुविधाहरूले सदस्यहरूको माग, आवश्यकता, चाहना र सन्तुष्टिलाई पूर्ण रूपमा सम्बोधन गर्न सकेका छन् कि छैनन् भन्ने तबरबाट पहिचान र विश्लेषण गर्ने गरिएकामा सकेका सदस्यहरूको सन्तुष्टिलाई सर्वोपरि ठानी संस्थाका सेवासुविधाको निर्धारण तथा परिमार्जन गर्नुपर्ने हुन्छ ।

संस्थाबाट प्रदान गरिएका सेवासुविधामा सदस्यहरूको अभिमत एवं प्रतिक्रियाको नियमित र व्यवस्थित सुनुवाइ गरी उचित सम्बोधनका लागि आ.व. २०७३÷७४ मा ५५२ जना सदस्यहरूको अभिमत सङ्कलन गरिएकामा ६६.३० प्रतिशत सदस्यहरूले आफ्नो वित्तीय आवश्यकता पूरा गर्नका लागि यस गैंडाकोट स्वाभिमान साकोसलाई पहिलो रोजाइका रूपमा लिएको नतिजा प्राप्त भएको छ । त्यसै गरी ५३.९९ प्रतिशत सदस्यले संस्थाको समग्र गुणस्तर राम्रो भएको प्रतिक्रिया जनाउनुभएको छ ।