सञ्चालक समितिको व्यावसायिक आचार स्ांहिता

निहित स्वार्थ: निहित स्वार्थका लागि संस्थाको व्यावसायिक कार्यमा प्रभाव पर्ने छैन ।

विश्वसनीयता: संस्थाका सदस्यहरू तथा समुदायप्रति विवाद उत्पन्न हुने कार्य तथा निर्णयहरू हुने छैनन् ।

अधिकार: अधिकारलाई संस्थाको व्यावसायिक फाइदाका लागि सदुपयोग गर्नुपर्दछ, अधिकारको दुरूपयोग गरी व्यक्तिगत हितको कार्य हुने छैन ।

अनुचित लाभ: सेवा उपलब्ध गराउदा सदस्यहरूबाट अनुचित लाभ लिइने छैन ।

सहभागिता: संस्थाको समान प्रकृतिको व्यावसायिक संस्था वा क्रियाकलापमा प्रत्यक्ष सहभागी हुने छैन ।

राजनीतिक सहभागिता: गोप्य राजनीतिक अधिकार प्रयोग गर्न वा सहभागिता जनाउनबाहेक राजनीतिक पार्टीलाई आर्थिक सहयोग गर्न वा ऋण प्रदान हुने छैन ।

यथार्थता: बनावटी (प्रमाणित नहुने खालको) सिफारिस हुने छैन ।

नियमनकर्तासँगको सम्बन्ध: संस्थाको नियमनकर्ता, सुपरीवेक्षक वा लेखापरीक्षकले सोधेको जवाफ तत्कालै इमान्दारीपूर्वक दिइने छ ।

सामाजिक संघसंस्थामा सहभागिता: सामाजिक संघसंस्थामा सहभागिता जनाउन सञ्चालक तथा कर्मचारीहरूलाई छुट दिइनेछ तर संस्थाको कामलाई बाधा पर्ने भएमा अनुमति लिइनेछ ।

श्रेस्ताको शुद्धता: संस्थामा राखिने हिसाबकिताबको प्रविष्टि तथा लेखाइहरू स्पष्ट र त्रुटिरहित ढंगबाट रहेको कुरामा विश्वस्त भइनेछ ।

गोपनीयता (प्रतिस्पर्धीहरूसँग सम्बन्धित): संस्थाको मुख्य कार्य भनेको प्रतिस्पर्धीहरूका तुलनामा आप्mनो सेवा सुविधा बढाई व्यावसायिक क्षमता बढाउने भएकाले प्रतिस्पर्धीहरूलाई फाइदा पुग्ने खालका सूचना सम्प्रेषण हुने छैन ।

संलग्नता: पदीय हैसियतको दुरुपयोग गरी सदस्यहरूसँग व्यवसायमा संलग्न हुनु हँुदैन ।

भूmठो विवरण: सञ्चालकहरूले जानकारी हुँदाहुदै सदस्यहरूको ऋण माग फाराम तथा अन्य विवरणमा भूmठो कुरा उल्लेख गराइने छैन ।

अनधिकृत कार्य गर्न नहुने: सदस्यहरूसँग आफ्नो पदीय हैसियत र जिम्मेवारीभन्दा बाहिर गई अनधिकृत रूपमा आफनो भूमिका प्रस्तुत गरिने छैन ।

सूचना तथा जानकारी: सेवा तथा उत्पादनहरूको सूचना तथा जानकारी उद्देश्यअनुरूप मुख्य कुरा स्पष्ट बुझिने गरी व्यावसायिक ढंगबाट गर्नुपर्दछ । झुठो विवरणबाट प्रभावित हुने गरी गरिने छैन ।

नीतिको अवलम्बन: संस्थाको सम्पत्ति खरिदबिक्रि गर्दा प्रचलित व्यावसायिक अभ्यास बमोजिम बनाइएको नीतिअनुसार गरिनेछ ।

कानुनी अपव्याख्या: कारोबारको सिलसिलामा कानुनी अपव्याख्या हुने किसिमका छलफल, सल्लाह तथा सुझाव दिइने छैन ।

बाह्य रोजगार प्रतिबन्ध: संस्थाका कर्मचारीहरूले संस्थाको पूर्वस्वीकृति विना अन्य रोजगारी तथा व्यवसायमा लाग्नु हुँदैन ।

नाफा कमिसनमा बन्देज: कुनै व्यावसायिक व्यक्ति, फर्म वा संस्थालाई कुनै काम गर्न संस्थाको तर्फबाट सिफारिस वा सम्झौता गरेबापत व्यक्तिगत नाफा वा कमिसन लिइने छैन । साथै व्यक्तिगत लाभ हुने गरी कुनै सिफारिस वा सम्झौता गरिने छैन ।

बचत तथा ऋण कारोबार: विशेष सुविधा लिने गरी बचत तथा ऋणको सेवा उपयोग गरिने छैन ।