संस्थाको २५ औ साधारण सभा सम्पन्न

देवराज पौडेलको अध्यक्षतामा १७ सदस्य संचालक समिति र गोबिन्द सुबेदीको संयोजकत्वमा ३ सदस्य लेखा तथा सुपरिबेक्षण समिति गठन गर्दै गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको २५ औ साधारण सभा सम्पन्न भएको छ ।

धनबहादुर पौडेल को अध्यक्षतामा र नेफ्स्कुनका अध्यक्ष श्री डि बि. बस्नेतको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त साधारण सभा आमा साकोस संग एकिकरण समेत भएको छ । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि डि.वि वस्नेतले गैडाकोट क्षेत्रमा आफ्ना सदस्यहरुको लागि विभिन्न वित्तिय तथा गैह्र वित्तिय कार्यक्रमहरु संचालन गर्दै गर्दा हालसालै नेफ्स्कूनको सहयोगमा अकु द्धारा प्रदान गरिने एक्सेस् व्राण्ड प्राप्त गरेकोमा हार्दिक वदाई तथा शुभ कामना प्रदान गर्नुभएको थियो । गैडाकोट स्वाभिमान साकोसको वढ्दै गएको उच्च छविलाई सधैभरि कायाम राखिराख्न र सदस्यहरुको हितमा अझै आधुनिक र उच्च प्रविधियुक्त सुविधाहरु प्रदान गर्न सुझाव दिनुभयो । सोही कार्यक्रममा नेफ्स्कुनका संचालक शान्ति अधिकारी र भरत दवाडी ले अझै उच्च प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सचिव कुल प्रसाद पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष श्री पोषण राज सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै कोषाध्यक्ष श्री शुरेन्द्र प्रसाद रेग्मीले प्रस्तुत गर्नुभएको आ.व. २०७३।०७४ को रु ५५२७०२३१।५४ को वासलात विवरण र १८९५७४४५।९८ मुनाफा भएको आय व्यय विवरण एवं आ.व ०७४।०७५ को लागि ७४०९८०८४३ को प्रस्तावित वासलात र २५४३३१७२।६२ मुनाफा हुने प्रस्तवित आय व्यय विवरण र सचिव कुल प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको आ.व. २०७३।०७४ को प्रगति प्रतिवदेन र ४५ वुदे निति तथा कार्यक्रम सर्व सम्वत रुपमा पास गरिएको थियो । सोही कार्यक्रममा जेष्ठ नागरिक सदस्यहरु , उत्कृष्ट कारोवार सदस्यहरु, उत्कृष्ट वाल वचत, SEE छात्रवृत्रि पुरस्कार, उत्कृष्ट उद्यमी पुरस्कार, उत्कृष्ट शेयर खरिद कर्ता गरि जम्मा ३७जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सोही अवरमा उत्कृष्ट नियमित वचत कर्ता ३३५ जनालाई कात्तिक १ गते हुने संस्थाको वार्षिक उत्सव मा सम्मान तथा पुरस्कृत गरिने जानकारी समेत गराएको थियो ।

निर्वाचन उप समिति को संयोजक श्री शुरेश पण्डित को संयोजकत्वमा लिलाराम कंडेल र गोपाल गिरी सदस्य रहेको निर्वाचन उप समितिले १७ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समितिको सर्वसम्वत निर्रविरोध चयन गरेको थियो ।

संचालक समिति
अध्यक्ष: श्री देवराज पौडेल
उपाध्यक्ष: श्री पोषण राज सुवेदी
सचिव: श्री विष्णु पौडेल
कोषाध्याक्ष : श्री शान्ति सापकोटा
सह सचिव : श्री शकुन्तला तिवारी

सदस्य : श्री कुल प्रसाद पाण्डे
सदस्य : श्री वावुराम खनाल
सदस्य : श्री गिता कुमारी दाहाल तिवारी
सदस्य : श्री धर्मानन्द शर्मा पौडेल
सदस्य : श्री रोशन सापकोटा
सदस्य : श्री केशव राज शर्मा
सदस्य : श्री धनपति ज्ञवाली
सदस्य : श्री भविश्वर भट्राई
सदस्य : श्री सिता न्यौपाने
सदस्य : श्री सरस्वती आचार्य
सदस्य : श्री राधा देवी लामिछाने
सदस्य : श्री नरहरी सापकोटा

लेखा तथा सुपरिवेक्षण समिति
संयोजक: श्री गोविन्द सुवेदी
सदस्य: श्री देवी पोख्रेल
सदस्य: श्री नारायण सुवेदी