संस्थाको नियमित सेवाहरु

गैंडाकोट स्वाभिमान साकोसले सदस्यहरूको सम्पूर्ण वित्तीय आवश्यकताको समाधान गर्न सक्ने गरी संस्थाको वित्तीय क्षमतामा विकास गरिरहेको छ । आधुनिक र सुविधाजनक रूपमा कार्यालयको व्यवस्थापन गरिएको छ । सदस्यहरूलाई सुविधा प्रदान गर्ने उद्देश्यले वर्षको ३६० दिन मुख्य कार्यालयबाट काउन्टर सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । संस्थाको वित्तीय कारोबारको लेखा तथा व्यवस्थापन गर्न अत्याधुनिक कम्प्युटर सफ्टवेयर प्रणालीको व्यवस्था मिलाइएको छ । रकम जम्मा गरेको, झिकेको SMS जानकारी आउने, चेक अनुरोध, सदस्यहरूको कारोबारको विवरण हेर्न सकिने, सदस्यले चाहेको खातामा रकम जम्मा गरिदिन सक्ने सुविधासहितको मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । सोही एप्सको प्रयोग गरी मोबाइलमा व्यालेन्स रिचार्ज गर्ने, टेलिफोन लाइनको बिल भुक्तानी गर्नेजस्ता सुविधाहरू पनि उपलब्ध गराइएको छ ।

सदस्यहरूले चाहेको रकम तुरुन्तै राख्न र झिक्न सकिने व्यवस्था मिलाइएको छ । सदस्यहरूलाई भिन्न भिन्न क्षमता, रुचि र आवश्यकताबमोजिमका १७ प्रकारका बचत खाताहरू सञ्चालनमा ल्याइएको छ भने ऋणलाई १५ शीर्षकमा वर्गीकरण गरी उद्देश्यअनुसार अधिकतम ५० लाखसम्म ऋण प्रवाह गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसै साकोसबाट विभिन्न रेमिट्यान्स सेवासमेत सञ्चालन गरिएको छ । सदस्यहरूका लागि ADSL मोबाइल रिचार्ज, टेलिफोनको बिल भुक्तानी, हवाई टिकट बुकिङजस्ता सुविधाहरू उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

सदस्यहरूको रायसल्लाह, सुझाव, प्रतिक्रिया र गुनासाहरूको सुनुवाइ र सम्बोधन गर्न कार्यालयमा सुझाव पेटिका, सुझाव पुस्तिका तथा फेसबुक, इमेल, वेभसाइटको व्यवस्था मिलाउनुका साथै संस्थाको एप्समा म्यासेज बक्ससमेत प्रयोगमा ल्याइएको छ । गत आ.व.मा ५२ वटा सुझाब र प्रतिक्रिया प्राप्त भएकामा यस आ.व.मा जम्मा २७ वटा सुझाबहरू प्राप्त भएका छन् र सबै सुझाब, प्रतिक्रिया र गुनासाहरूको यथोचित सम्बोधन गरिएको छ । हरेक महिना प्राप्त भएका सल्लाह, सुझाव गुनासा र प्रतिकृयाहरूलाई सञ्चालक समितिको नियमित बैठकमा अनिवार्य एजेन्डाकै रूपमा छलफल र सम्बोधन हुने गरेको छ ।

संस्थाको सेवालाई सबै सदस्यको पहुँचमा ल्याउन अमरापुरी सेवा केन्द्र कार्यालय गैंडाकोट १५ र मिलनचोक सेवा केन्द्र कार्यालय गैंडाकोट १ (साबिक स्वाभिमान साकोसको आफ्नै स्वामित्वको जग्गा तथा भवनमा रहेको कार्यालय) सञ्चालनमा ल्याइएको छ । उक्त सेवा केन्द्रबाट पनि मुख्य कार्यालयबाट प्रदान हुने सबै वित्तीय सेवाहरू उपलब्ध हुने व्यवस्था मिलाइएको छ । यसैगरी सदस्यलाई पायक पर्ने यस संस्थाको जुनसुकै कार्यालयबाट पनि बिना कुनै झन्झट रकम राख्न र झिक्न सकिने गरी निःशुल्क ब्द्यद्यक् सेवा पनि सञ्चालन गरिएको छ ।

नीतिसम्मत र विधिसम्मत कार्यपद्धतिलाई अवलम्बन गर्दै सहकारी संस्थाको अपरिहार्य पक्ष सुशासनलाई मजबुद बनाउँदै लगिएको छ । आवश्यकताअनुसार संस्थाका मौजुदा नीति, नियमावली, निर्देशिका तथा कार्यविधिहरूको तर्जुमा एवं संशोधन गरी लागु गरिएको छ । यसवर्ष पनि मिति २०७४÷०३÷१९ मा नीति तथा कार्यविधिहरूको पुनरवलोकन गोष्ठी कार्यक्रम आयोजना गरी मौजुदा नीति, निर्देशिका तथा कार्यविधिहरूमा संशोधन गरिएको छ ।