प्रमुख ब्यबस्थापकको प्रतिबद्धता

 

सहकारीको माध्यमबाट बिभिन्न बित्तिय तथा गैर बित्तिय सेवाहरु मार्फत सदस्यहरुको आर्थिक सामाजिक सास्कृतिक उन्नतीमा टेवा पुर्याउने ध्येयका साथ क्रियाशिल यस गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थामा २०६९ साल देखि सदस्यहरुको सेवामा समर्पित भई कर्य गर्ने अवसर प्राप्त भएकोमा यस संस्थाका पुर्व तथा बर्तमान संचालक, कर्मचारी मित्रहरु , समस्त सदस्य एवं शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

२०५० साल मा गैडाकोट युवा बचत तथा ऋण सहकारी संस्था लिं को नाम बाट स्थापित भएको यस संस्था हाल सदस्यहरुलाई आधुनिक प्रबिधियुक्त,गुणस्तरिय,सर्व सुलभ र बिस्तारित सेवा प्रदान गर्दै गर्दा गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थानिय समुदायमा मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत सु परिचित छ । संस्थाको छवीलाई कायम राख्दै सदस्यहरुको सन्तुष्टीलाई केन्द्र बिन्दुमा राखेर सदस्यहरुको बिश्वास, सद्भाव र सक्रिय सहयोग लाई उच्च सम्मान तथा कदर गर्दै सदस्यहरुलाई अधिकतम सेवा, सुबिधा तथा लाभ प्रदान गर्दै आईरहेका छौ । सहकारीका सिद्धान्त, आधारभुत मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै मौजुदा सहकारी ऐन तथा नीति नियमहरुको अधिनमा रहेर सदस्यहरुको आर्थिक, सामाजिक हितको लागि सेवा प्रदान गर्न यस संस्थाको ब्यबस्थापन सदैव तत्पर छ । गैडाकोट स्वाभिमान साकोस सबै सदस्यहरुको साझा घर हो । सदस्यहरुको लागि हरेक सुख दुख एवं मानविय जिवन चक्रका सबै आर्थिक आवश्यकताका अवस्थाहरुमा समेत यस संस्थालाई समिपबाट आत्मबोध गर्न सकिने तवरबाट हाम्रा सेवाहरुलाई प्रस्तुत गर्दै समुदायको उत्कृष्ट बित्तिय सहकारी संस्था बनाउने परिकल्पना साकार पार्न क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गर्दछौ ।

धन्यबाद

जय सहकारी