नेपालको आर्थिक विकासमा सहकारीको भूमिका

३८औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा गैंडाकोट स्वाभिमान साकोसद्वारा आयोजित “नेपालको आर्थिक विकासमा सहकारीको भूमिका” विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्धलेखन प्रतियोगितामा प्रथम स्थान प्राप्त निबन्ध:

सहकारी भन्नेवित्तिकै समान आकाङ्क्षा र आर्थिक स्थिति नाजुक भएका मानिसहरूको समूहगत प्रयासबाट आर्थिक तथा सामाजिक क्रियाकलाप अवलम्बन गर्दै गरिबी न्यूनीकरण गर्नु हो भन्ने बुझिन्छ । सहकारीका माध्यमबाट मानिसले आआÇनो हैसियतअनुसारको रकम जम्मा गर्ने र आवश्यक परेका बेला ऋण लिई आय–आर्जन गरी आआÇनो हैसियत उकास्ने लक्ष्य राखेको हुन्छ । आज विश्व परिवेशमा सहकारी आर्थिक विकासको एउटा महŒवपूर्ण खम्बाका रूपमा विकास भइरहेको छ र यसैका आधारमा समाज परिवर्तन, आर्थिक आयामहरूको पहिचान र विकासको कार्य सम्भव भएको देखिन्छ ।

सहकारीका पिताका रूपमा परिचित रोवर्ट ओवेनका अनुसार ‘फुटकर उपभोग्य उत्पादनका सेक्टरमा सहकारितामा आधारित उत्पादन, वितरण र व्यवस्थापन गरेर मात्र उत्पादन बढाउन, शोषणबाट बच्न र सामूहिक हितका लागि काम गर्न सकिन्छ । महात्मा गान्धीका अनुसार सहकारीमा सबै बराबर हुने भएकाले यसमा कुनै बलियो र कमजोर भन्ने हँुदैन । यो सहकारीको सुन्दर पक्ष हो । रविन्द्रनाथ टैगोरका अनुसार सहकारी केवल एउटा विधि अथवा प्रणाली मात्र नभएर एउटा विचार हो जसले असंख्य उपाभोगको विकास गरेको छ । त्यसैले यी समग्र भनाइहरूबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने देशको आर्थिक रूपान्तरण, गरिबी न्यूनीकरण, उपभोग्य उपात्दन र उच्चतम व्यवस्थापनका लागि सहकारी नै सबैभन्दा उत्तम विकल्प रहेको मानिन्छ । सहकारीका सात सिद्धान्तहरू रहेका छन् । सात सिद्धान्तहरूको जगमा सहकारीको सञ्चालन भएको हुन्छ । जसका कारणले विकासको कार्यमा सहकारीले मेरुदण्डको जस्तै काम गरिरहेको हुन्छ ।

नेपालको सहकारीको इतिहासलाई नियाल्दा विभिन्न पर्म र गुठीका रूपमा सहकारी प्रचलनमा रहेको पाइन्छ । यी प्रयासहरूबाट देशको अर्थतन्त्र विकास गर्ने उद्देश्यले वि.सं. २०१० सालमा सहकारी विभागको स्थापना भयो र वि.सं. २०१३ चैत्र २० गते नेपालमा पहिलोपटक चितवनमा बखान ऋण सहकारी नामक संस्थाको स्थापना भयो । हाल नेपालमा ३३ हजारभन्दा बढीको संख्यामा सहकारीको स्थापना भएको पाइन्छ । सहकारी विभिन्न किसिमका रहेका हुन्छन् । जस्तै बचत तथा ऋण सहकारी, कृषि सहकारी, जुनार सहकारी आदि । हाल नेपालमा बचत तथा ऋण सहकारी संस्थाको संख्या सबैभन्दा बढी (४१.२१ प्रतिशत) रहेको छ भने कममा जुनार सहकारीको रहेको छ ।

कुनै पनि राष्ट्रको आर्थिक विकासका निम्ति सहकारीले महŒवपूर्ण भूमिका खेलेको हुन्छ । यसले ससानो मात्राको बचत परिचालन गर्दछ । यदि ससानो मात्राको बचतलाई एकत्रित गर्न सकियो भने वा यस्ता किसिमका रकमलाई आवश्यक परेका बेला ठूलो गर्जो टार्ने विषयको जानकारी दिन सकियो भने मानिसमा रकम बचत गर्ने बानीको विकास हुन्छ । सहकारीका माध्यमबाट दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक बचत योजना बनाएर रकमलाई एकत्रित पार्न सकिन्छ ।

मानव जीवनमा आर्थिक अप्ठ्याराहरू परी नै रहन्छन् । यस्तो समयमा साहुमहाजनहरूले झन् निर्दयी व्यवहार देखाउने प्रवृत्ति प्रचलनमा रहेको छ । यस्ता किसिमका समस्याको समाधान गर्न सहकारीले आकस्मिक रकमको व्यवस्था गरेको हुन्छ । सहकारीले विभिन्न वर्गका मानिसहरूलाई रोजगारीको अवसर प्रदान गरेको हुन्छ । बाख्रा पालन र मत्स्य पालन गर्न सहकारीले अभिप्रेरित गरेको हुन्छ । सहकारी निश्चित मापदण्डका रूपमा विकास हुने हुँदा मानिस ठगिने वा अनावश्यक झन्झटबाट फस्ने काम न्यून रहेको हुन्छ । सहकारीमा सबैको हक, अधिकार र कर्तव्य समान हुने हुँदा सहकारी एउटा साझा चौतारी बन्न सक्छ । जसमा बसेर मानिसले आÇनो र समाजको विकासका कार्यमा सघाउन सक्छ ।

आजको क्रियाकलापमा भोलिको योजना गर्नु र भविष्यमा सुखमय जीवनका लागि मितव्ययिता र अनुशासन आवश्यक पर्ने हुन्छ । सहकारीले यसमा निकै महŒवपूर्ण भूमिका निभाएको हुन्छ । वित्तीय क्षेत्रमा सहकारीको योगदान झन्डै २१ प्रतिशत रहेको छ भने मुलुकको कुल गार्हस्थ क्षेत्रमा विशेष योगदान पु¥याएको पाइन्छ । सहकारीले विभिन्न तहमा रहेको युवा जनशक्तिलाई रोजगारी उपलब्ध गराएको छ र वैदेशिक रोजगारीमा पहुँच विस्तार गरेको छ । त्यसैले सहकारीको योगदान अतुलनीय रहेको छ ।

सहकारीले विभिन्न चुनौतीको पनि उत्तिकै सामना गर्नुपरेको छ । सहकारी सहकारीबीच र सहकारी बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । जसका कारणले सहकारीको समग्र विकास र जनसाधारणमा नकारात्मक प्रभाव पर्न थालेको छ । यसका कारणले आम मानिसहरूको सहकारीप्रतिको दृष्टिकोण बदलिएको छ ।

यस्ता कतिपय क्रियाकलापले सहकारीको मर्म र भावनामाथि नै कुठाराघात गरेको पाइन्छ । त्यसैगरी सोझासाझा मानिसलाई ऋण दिएवापत कमिसन लिने अनावश्यक तिकडम बाजी गर्ने आदिका कारणले आम जनतामा नकारात्मक सोच पैदा भएको छ । यो पनि सहकारीका लागि चुनौतीको विषय बन्न पुगेको छ । यस्ता समस्या र चुनौतीका बाबजुद पनि सहकारी आफैमा एक आदर्श र सामूहिक भरपर्दो माध्यम बन्दै गएको छ । विश्व इतिहासमा सहकारीका रूपान्तरणका उदाहरणहरू थुप्रै भेटिन्छन् । नेपालमा सहकारी संस्थाका छिटपुट बदमासीका कारण समग्र सहकारीमा पर्ने नराम्रो प्रभावलाई हटाउन सहकारी शिक्षा, यसको महŒव र आर्थिक विकासका लागि रचनात्मक हिसाबले लागिपर्नु आवश्यक देखिन्छ । आगामी दिनमा देशको अर्थतन्त्रको विकास र रोजगारी सिर्जना एवं स्रोत साधनको विकासका लागि नीति नियमको समयसापेक्ष परिमार्जन गरी स्पष्टता प्रदान गर्न, असल नियतले काम गर्ने सहकारीलाई प्रोत्साहन बढाउन र ग्रामीण भेगमा गई सहकारी सम्बन्धी कार्यक्रम तर्जुमा गर्नका लागि सहकरीको विकाससम्बन्धी राष्ट्रिय स्तरमा नै बहस प्रारम्भ गर्ने प्रस्ताव कार्य ग¥यौं भने सहकारी एक दर्बिलो खम्बाका रूपमा विकास हुने सम्भावना देखिन्छ । ‘एक थुकी सुकी सय थुकी नदी’ भनेझैं सहकारीमा थोरै थोरै रकम बचत गर्नाले भविष्यमा त्यसको ठूलो काम आउने हुँदा सहकारीले मानव समुदायलगायत अन्य क्षेत्रमा विकास गर्नमा मद्दत पु¥याएको छ । त्यसैले सहकारीको विकास भयो भने देशको अर्थतन्त्रमा पनि सहजै विकास हुने कुरा निश्चित छ । धन्यवाद ।

प्रशंसा सुवेदी गैडाकोट नमुना मा.वि. गैंडाकोट–२, नवलपुर