निशुल्क दन्त शिविर सम्पन्न

गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था द्धारा अमरापुरी क्षेत्रमा १ दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।

मुख तथा दन्त रोगको निशुल्क परिक्षण तथा उपचारको लागि संचालित कार्यक्रम संस्थाको अमरापुरी सेवा केन्द्र ब्यबस्थापन उप समितिका संयोजक धनपती ज्ञवालीको अध्यक्षतामा, संस्थाका अध्यक्ष श्री देवराज पौडेलको बिशेष आतिथ्यतामा र सामाजिक कार्यक्रम परिचालन उप समितिका संयोजक श्री गिता तिवारीले संचालन गर्नु भएको थियो । भिजन डेन्टल केयर प्रा.ली. को प्राबिधिक सहयोगमा संचालित उक्त कार्यक्रममा २१९ जना मुख तथा दाँतका बिरामीहरुलाई निशुल्क परिक्षण, उपचार र औसधी बितिरण गरिएको थियो । कार्यक्रमको समापनको क्रममा संस्थाका अध्यक्ष श्री देवराज पौडेल, कार्यक्रमका अध्यक्ष श्री धनपति ज्ञवाली र दन्त चिकिस्सक डा. लक्षमण ढकालले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रममा प्राबिधिक सहयोग गर्ने भिजन डेन्टल केयर चितवन प्रालिका ४ जना प्राबिधिकहरुलाई संस्थाको तर्फबाट मायाको चियो प्रदान गरिएको थियो । सामाजिक उत्तर दायित्वका कार्यक्रमहरु अन्तरगत संस्थाले नियमित रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।