आ.व. २०७४÷७५ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरू

  • यस आ.व.मा सदस्यता संख्या ९५०० पु¥याउने गरी सदस्य सचेतना, प्रवर्धनात्मक कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरिने छ ।
  • संस्थाको वित्तीय विकासलाई सन्तुलित राखी कुल पुँजी ७४ करोड ९ लाख पु¥याउने गरी सेयर पुँजी, बचत, ऋण तथा अन्य पल्र्स मापदण्डअनुसारका वित्तीय परिसूचकहरूलाई समेत सन्तुलनमा राखी वृद्धि गरिने छ ।
  • संस्थाको नीति र नियमावलीको परिधिभित्र रही संस्थाका बचत तथा ऋणका उत्पादनमा भाग लिएका सदस्यहरूलाई सदस्यहरूले गरेको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट अतिरिक्त रकम प्रोत्साहन स्वरूप प्रदान गरिने छ ।
  • सदस्यहरूलाई बचत तथा ऋणको सेवा उपयोग गर्न एटिएम कार्ड तथा अन्य सुविधाजनक नवीनतम प्रविधिहरूको खोजी गरी तिनलाई उपलब्ध गराइने छ ।
  • आधुनिक प्रविधियुक्त सदस्यता परिचयपत्र व्यवस्था मिलाइने छ ।
  • हाल भइरहेका स्वास्थ्य निकायहरूका अतिरिक्त अन्य थप निकायहरूसँग पनि सेवा तथा सामग्री खरिद तथा उपयोगमा छुट सुविधाको व्यवस्था मिलाइने छ ।
  • संस्थाका सदस्यहरूको सुविधाका लागि यसै संस्थाबाट खानेपानी महसुल भुक्तानीको व्यवस्था मिलाइने छ ।
  • संस्थामा आवश्यकताअनुसार कर्मचारी दरबन्दीमा थप गरी १ः५०० को अनुपातमा कर्मचारीको व्यवस्था गरिने छ ।
  • समुदायका सदस्य एवं विद्यार्थीहरूलाई वित्तीय अनुशासन एवं योजनाबद्ध वित्तीय कारोबारमा सरिक गराउन विद्यालयहरूमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिने छ ।
  • संस्थाको आधारस्तम्भका रूपमा रहेका उत्कृष्ट सदस्यहरूलाई विभिन्न विधाहरूमा सम्मान तथा पुरस्कार गरिने कार्यलाई अझै विस्तार गरी प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।
  • कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनका आधारमा पुरस्कृत, सरुवा र बढुवा गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
  • सदस्यहरूको हरेक सुखदुःखमा गैंडाकोट स्वाभिमान साकोसको सहकार्यलाई अझ बलियो बनाउन सुत्केरी भेटघाट, श्रद्धान्जलिजस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने छ ।
  • संस्थाका नव आगन्तुक सदस्यहरूका लागि सहकारीसम्बन्धी सचेतनासँगै संस्थाका समग्र सेवा सुविधाहरूको जानकारी प्रदान गर्ने गरी नियमित रूपमा सहकारी शिक्षा तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने छ ।
  • सदस्यहरूलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।
  • कर्मचारीलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिममा सहभागी गराइने छ ।
  • नवनिर्वाचित सञ्चालक समिति तथा उपसमितिका लागि आवासीय रूपमा ४ दिने ऋग्म्ऋऋ तालिम (सहकारीका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम) कार्यक्रम आयोजना गरिने छ ।
  • संस्थाका युवा सदस्यहरूलाई स्वावलम्बी बनाउन सीपमूलक तालिम कार्यक्रममा सहभागी गराइने छ ।
  • संस्थाका सदस्य तथा समुदायका अन्य सदस्यहरूका लागि समेत लाभ हुनेगरी स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
  • संस्थाका गतिविधिहरूको जानकारी तथा सूचना सम्पे्रषण गर्न यस वर्षदेखि अर्धवार्षिक रूपमा इलेक्ट्रोनिक समाचार बुलेटिन प्रकाशन गरिने छ भने वार्षिक प्रतिवेदन, भित्तेपात्रो तथा संस्थाका उत्पादनहरू Çलायर्स, Çलेक्स, क्याटलगजस्ता सामग्रीहरू प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
  • सबै सेवा केन्द्र कार्यालयहरूमा रेमिट्यान्स सेवाहरू थप गरी निरन्तरता दिइने छ ।
  • यसै नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयस्तरीय शैक्षिक प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरूलाई सहकारीमा सक्रिय हुन अभिपे्ररित गरिने छ ।
  • महिला सदस्यहरूका लागि सीपमूलक तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने तथा अन्य निकायहरूले सञ्चालन गर्ने त्यस्ता कार्यक्रमहरूमा सहभागी हुन प्रोत्साहन गरिने छ ।
  • छिमेकी साकोसहरूसँग सहकार्य, समन्वय र एकीकरणको अभियानलाई निरन्तरता दिई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने सहकारीको अभियानलाई प्रवद्र्धन गरिने छ ।
  • सदस्यता वृद्धि तथा संस्थाको व्यावसायिक विकासमा सहयोग पु¥याउने र भ्रमण बचत खातामा सहभागी सदस्यहरूका लागि सहकारी अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिने छ ।
  • संस्थाको इतिह्रास, वर्तमान अवस्था र भावी कार्यक्रम समावेश गरिएको जानकारीमूलक संस्थागत वृत्तचित्र बनाइने छ ।
  • अन्य निकायहरूसँगको समन्वयमा विपन्न वर्गका सदस्यहरूको आर्थिक उन्नतिको निमित्त सीपमूलक आय आर्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ ।
  • संस्थाद्वारा प्रदान गरिएका सेवाहरूमा सदस्यहरूको अभिमतको सङ्कलनका लागि डिजिटल प्रविधिबाट अभिमत सङ्कलन गरी सदस्यहरूको राय, सल्लाह, सुझाव एवम् प्रतिक्रिया सङ्कलन गर्ने र सोहीअनुसार संस्थाका सेवा, सुविधा तथा अन्य कार्यक्रमहरू एवम् नीति नियमावलीहरूमा परिमार्जन गरिने छ ।
  • उत्कृष्ट सदस्यहरूलाई सम्मान गर्ने गरी संस्था स्थापना (कार्तिक १ गते) दिवस मनाइने छ ।
  • गैंडाकोट स्वाभिमान साकोसको न्यानो अभियान कार्यक्रमअन्तर्गत विपन्न वर्गका विद्यार्थीहरूलाई न्यानो लुगा तथा स्टेसनरी वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
  • यस साकोसको एकल आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिने छ ।
  • यस साकोसमा मात्र सदस्य भएका सदस्यहरू (गैंडाकोट स्वाभिमान साकोससँग समान प्रकृतिको संस्थामा सदस्य नभएका) लाई सम्मान गरिने छ ।
  • असल ऋणी सदस्यलाई ग्रिन कार्ड प्रदान गरी ऋण लगानीमा विशेष सुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
  • ज्येष्ठ सदस्यहरूलाई तीर्थ भ्रमण गराउने कार्यलाई निरन्तरता दिइने छ ।
  • समग्र सहकारी अभियानलाई टेवा पु¥याउने गरी सहकारीका अन्य निकायहरूसँग समेत समन्वय गरी विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिने छ ।
  • संस्थाको योजना तर्जुमा तथा कार्यान्वयनमा सदस्यहरूको सक्रिय सहभागिता बढाउँदै वित्तीय अनुशासन र पारदर्शितामार्फत संस्थागत सुदृढीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने छ ।
  • यस साकोसका सबै कार्यालयहरूलाई आधुनिक प्रविधियुक्त बनाइने छ ।
  • सदस्यहरूकोे राय, सल्लाह र सुझाव सङ्कलन गर्न, शुभकामना आदानप्रदान गर्न र संस्थाका गतिविधिहरूको जानकारी प्रदान गर्न विभिन्न चाडपर्व तथा उत्सव समारोहको अवसर पारेर घरदैलो अभियान सञ्चालन गरिने छ ।
  • एक वार्ड प्रत्येक घर सदस्य अभियान सञ्चालन गरी यसवर्ष गैंडाकोट नगरपालिकाको वार्ड नं १ बाट सुरु गरिने छ ।
  • एक सदस्यले एक वर्षभित्र एकजना नयाँ साथी सदस्य थप गर्न ‘‘मसँग मेरो साथी’ अभियान कार्यक्रम सञ्चालन गरिने छ ।
  • संस्थाको मेरुदण्डका रूपमा रहेको नियमित मासिक बचतलाई मजबुद बनाउन सबै सदस्यहरूलाई वित्तीय साक्षरतातर्फ अभिप्रेरित गरी सदस्यहरूले गर्ने नियमित मासिक बचत दर रकमलाई वृद्धि गर्न जोड दिइने छ ।
  • अधिकतम सेयर खरिद गर्ने सदस्यहरूका लागि प्रोत्साहन तथा प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिने छ ।
  • सदस्य परिवार राहतकोषबाट सदस्यका परिवारलाई अधिकतम लाभ प्रदान गर्न बाह्य निकायहरूसँग पनि समन्वय गरी पहल गरिने छ ।
  • संस्थाको सेयर पुँजी वृद्धि गर्न सदस्यहरूको न्यूनतम सेयर संख्यालाई वृद्धि गर्न प्रोत्साहन गरिने छ ।
  • मध्यम खालका व्यापार व्यवसाय गर्न चाहने सदस्यहरूका लागि सम्पूर्ण वित्तीय सेवा प्रदान गर्न सक्ने गरी संस्थाको वित्तीय क्षमताको विकास गरिने छ ।
  • सदस्यहरूको सुझावअनुसार विस्तारित सेवाअन्तर्गत सन्ध्याकालीन काउन्टर सेवा प्रदान गरिने छ ।