लोकल कुखुरापालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७५
माघ १२ गते शनिबार

गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिं ले गैडाकोट नगरपालिकाको वार्ड नं ३ अन्तरगत पर्ने हर्दि गाउँमा लोकल कुखुरापालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको शिक्षा उप समितिका संयोजक श्री कुलप्रसाद पाण्डेको अध्यक्षता संचालन भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधी वार्ड सदस्य श्री दिपा गुरुङ, बरिष्ठ पशुपंक्षि चिकित्सक डा. टिकाराम अधिकारीे, संचालक सदस्य श्री बाबुराम खनालको आतिथ्यता रहेको थियो । शिक्षा उप समिति सदस्य श्री रामप्रसाद शर्मा सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा संचालक सदस्य श्री बाबुराम खनालले कार्यक्रमको उद्येश्य बारे जानकारी गराउदै आगन्तुकहरुलाई स्वागत गर्नूभएको थियो । नगरपालिकाको दुर्गम तथा पिछडीएको क्षेत्रको रुपमा परिचिय त्यस क्षेत्रमा धेरै जसो घरमा लोकल कुखुरा पाल्ने गरेका तर कुखुरा सम्बन्धी न्यूनतम जानकारी पनि नहूदा आशा गरे अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । न्यून लगानी, मिहनेत एवं स्थानिय साधन श्रोतको प्रयोग गरि कसरी लोकल कुखुरा पाल्न सकिन्छ,सम्भावित रोगहरुबाट कसरी जोगाउने, रोग लागेमा कसरी उपचार गर्ने इत्यादी विषयमा बरिष्ठ पशु पंक्षि चिकित्सक डा. टीकाराम अधिकारीले जानकारी गराउनु भएको थियो । मौला देबि प्रा.बि. मा आयोजना गरिएको उक्त कार्यक्रममा ३७ जना स्थानिय बासिन्दाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले अत्यन्त सक्रिय भएर लोकल कुखुरा पालन सम्बन्धी बिभिन्न जिज्ञाशाहरु राखेका थिए । ति सबै जिज्ञाशाहरुको बारेमा बरिष्ठ पशुपंक्षि चिकित्सक डा. टिकाराम अधिकारीले प्रश्ट पार्नुभएको थियो । सधै भरि कुखुरा पाल्ने गरेको तर सामान्य ज्ञान समेत नहुँदा ब्यबस्थीत रुपमा पाल्न नसकिएको र धेरै फाइदा लिन नसकेको अवस्थामा यस प्रकारको कार्यक्रमले धेरै कुरा सिकाएको कुरा श्री दिपा गुरुङले बताउनु भएको छ ।

२६ औं साधारण सभा कार्यक्रम सम्पन्न

मिति २०७५÷०८÷१५
यस गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी गैडाकोट २ को रजत वर्ष समापन तथा २६ औं साधारण सभा यस संस्थाका अध्यक्ष श्री देवराज पौडेलको अध्यक्षता र गैंडाकोट नगरपालिकाका नगर प्रमुख श्री छत्रराज पौडेल ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । संस्थाको रजत वर्षको सन्दर्भमा स्मारिका विमोचन, रजत प्रतिक चिन्हको अनावरण , पुर्व अध्यक्षहरुवाट २५ वटा पानसमा दिप प्रज्वलन गरिएको थियो । उक्त कार्यक्रममा विशिष्ट अतिथीहरुमा नेफ्स्कुनका संचालक समिति सदस्य श्री भरत प्रसाद दवाडी, लोकप्रिय जनगायक श्री जीवन शर्मा, नगरपालिका कार्यालका प्रशासकिय अधिकृत श्री राम प्रसाद आचार्य, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष श्री प्रेम वहादुर गुरुङ्ग, सहकारी समन्वय मञ्चका अध्यक्ष श्री वेद प्रसाद गौडेल रहनुभएको थियो । भने अतिथीहरु गैडाकोट नगरपालिका भित्र रहेको सम्पुर्ण सहकारी संस्था तथा अन्य सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु रहनुभएको थियो । सचिव श्री विष्ण पौडेलले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष श्री पोषण राज सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । भने सचिव विष्णु पौडेलले अर्थिक वर्ष २०७४÷०७५ को प्रगती प्रतिवेदन साथै आ.व. २०७५÷०७६ को प्रस्तावित निति तथा कार्यक्रम र कोषाध्यक्ष श्री शान्ति सापकोटाले आ.व. २०७४÷०७५ को मा कुल सम्पत्ति ७० करोड ७० लाख भएकोमा कुल मुनाफा रु २ करोड ४४ लाख भएको प्रतिवेदन पेश गर्नुभएको थियो । भने आ.व. २०७५÷०७६ मा कुल सम्पत्ति रु ९५ करोड २१ लाख पु¥याउने र कुल मुनाफा ३ करोड १९ लाख पु¥याउने लक्ष्य रहेको प्रस्तावित आय व्यय विवरण पेश गर्नुभएको थियो साथै लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री गोविन्द सुवेदीले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त कार्यक्रममा लोकप्रिय जनगायक जीवन शर्माले आफ्नो सांगितिक प्रस्तुती दिदाँ उपस्थित अतिथीहरु तथा सेयर सदस्यहरु अत्यन्त उत्साहित र रोमाञ्चीत भएका थिए । कार्यक्रमका प्रमुख अतिथी छत्रराज पौडेलले गैडाकोट नगरपालिका क्षेत्रको विकासका लागि यँहाका सहकारी संस्थाहरुको महत्वपुर्ण भुमीका रहेको र यस क्षेत्रको कृषि तथा पशुपालनको क्षेत्रमा सहकारी संस्थाहरुले लगानी वृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । स्वागत मन्तव्यमा वडा नं. २ का वडा अध्यक्ष धुव्रराम पौडेल, वडा नं. १४ का कोकीसरा रानामगर, किसान साकोसका पुर्व अध्यक्ष गोपाल प्रसाद गौतम, नेफ्स्कुनका संचालक समिति सदस्य श्री भरत प्रसाद दवाडी, गैडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत राम प्रसाद आचार्य, शेयर सदस्य तर्फवाट लेखनाथ पौडेल, निर्मला ढकाल ले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने सदस्यहरु, उत्कृष्ट वार्षिक कर्मचारी वित्त प्रमुख श्री विपिन श्रेष्ठ र जेष्ठ नागरिक सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । उक्त कार्यक्रमको वन्द सत्रमा सचिव र कोषाध्यक्ष द्धारा प्रस्तुत प्रतिवेदन माथी छलफल गरि सर्व सम्वत रुपमा स्वीकृत तथा अनुमोदन भएको थियो । वन्द सत्रको कार्यक्रम सह सचिव शकुन्तला तिवारीले संचालन गर्नुभएको थियो भने सहजीकरण उपाध्यक्ष पोषण राज सुवेदीले गर्नुभएको थियो । वन्द सत्रमा विनियम शंशोधन, लेखापरिक्षक नियुक्ति, साधारण सभाको माइन्यूट प्रमाणित गर्ने प्रतिनिधीको छनोट लगायतका विषयमा प्रमुख व्यवस्थापक वाट प्रस्ताव पेश भई सर्व सम्वत रुपमा स्वीकृत भएको थियो । अन्त्यमा संस्थाका अध्यक्ष श्री देवराज पौडेलले सम्पुर्णमा धन्यावद दिदै यस्तै साथ सहयोगको अपेक्षा सहित कार्यक्रम समापन भएको घोषण गर्नुभएको थियो ।

गत आ.ब.को समिक्षा गर्दैं यस आ.ब.को वार्षिक योजना तर्जुमा कार्यक्रम सम्पन्न

गैडाकोट स्वाभिमान साकोसको आ.ब. २०७४÷७५ को वार्षीक नीति तथा कार्यक्रमहरु एवं आय ब्यय माथि समिक्षा गर्दै चा.लु आ.ब.को वार्षिक नीति,कार्यक्रम एवं बजेट तर्जुमा कार्यक्रम श्रावण २५ र २६ गते सम्पन्न भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष श्री पोषणराज सुबेदी को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संचालकहरु, संस्थाका संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, सल्लाहकार,उप समिति,बिभागिय प्रमुख कर्मचारीहरुको सक्रिय सहभागितामा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष श्री गोबिन्द सुबेदी र प्रमुख ब्यबस्थापक रामचन्द्र सुबेदीले सहजीकरण गर्नु भएको थियो । सह सचिव श्री सकुन्तला तिवारीले संचलन गर्नुभएको कार्यक्रममा कार्यबाहक अध्यक्ष श्री पोषराज सुबेदीले संस्थाको हालको प्रगती एवं ब्यावशायिक बिकासमा संचालक, उप समितिहरु एवं कर्मचारी लगायत सम्पुर्ण सदस्यहरुको योगदान प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै प्रस्तावित कार्यक्रमहरुमा सत प्रतिशत लक्ष प्राप्त गर्न अझै थप क्रियाशिल हुन आग्रह गर्दै सहभागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । यसंस्थाले आ.ब. २०७४÷७५ को प्रस्तावित लक्षमां कुल आम्दानीमा ९७.२३ प्रतिशत, कुल ब्यय मा ९७.६७ प्रतिशत र खुद बचत रु २ करोड ४४ लाख भई ९६.२८ प्रतिशत लक्ष हासिल भएको छ भने कुल सम्पती रु ७० करोड ७० लाख कायम भई ९५.०५ प्रतिशत लक्ष हासिल भएको छ । संस्थाको त्रिवर्षिय ब्याबशायिक योजनाका केहि लक्षहरुमा संसोधन गर्दै सोहि आधारमा १० हजार भन्दा बढी सदस्य संख्या र ९५ करोड कुल सम्पती पुर्याउने बित्तिय लक्षहरु सहितको आ.ब.२०७५÷६७ का वार्षिक निति तथा कार्यक्रमहरु तर्जुमा गरेको छ ।

गत आ.ब.को समिक्षा गर्दैं यस आ.ब.को वार्षिक योजना तर्जुमा कार्यक्रम सम्पन्न

गत आ.ब.को तर्जुमा कार्यक्रम सम्पन्न

गैडाकोट स्वाभिमान साकोसको आ.ब. २०७४÷७५ को वार्षीक नीति तथा कार्यक्रमहरु एवं आय ब्यय माथि समिक्षा गर्दै चा.लु आ.ब.को वार्षिक नीति,कार्यक्रम एवं बजेट तर्जुमा कार्यक्रम २५ र २६ गते सम्पन्न भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष श्री पोषणराज सुबेदी को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संचालकहरु, संस्थाका संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, सल्लाहकार,उप समिति,बिभागिय प्रमुख कर्मचारीहरुको सक्रिय सहभागितामा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष श्री गोबिन्द सुबेदी र प्रमुख ब्यबस्थापक रामचन्द्र सुबेदीले सहजीकरण गर्नु भएको थियो । सह सचिव श्री सकुन्तला तिवारीले संचलन गर्नुभएको कार्यक्रममा कार्यबाहक अध्यक्ष श्री पोषराज सुबेदीले संस्थाको हालको प्रगती एवं ब्यावशायिक बिकासमा संचालक, उप समितिहरु एवं कर्मचारी लगायत सम्पुर्ण सदस्यहरुको योगदान प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै प्रस्तावित कार्यक्रमहरुमा सत प्रतिशत लक्ष प्राप्त अझै थप क्रियाशिल हुन आग्रह गर्दै सहभागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । यसंस्थाले आ.ब. २०७४÷७५ को प्रस्तावित लक्षमां कुल आम्दानीमा ९७.२३ प्रतिशत, कुल ब्यय मा ९७.६७ प्रतिशत र खुद बचत रु २ करोड ४४ लाख भई ९६.२८ प्रतिशत लक्ष हासिल भएको छ भने कुल सम्पती रु ७० करोड ७० लाख कायम भई ९५.०५ प्रतिशत लक्ष हासिल भएको छ । संस्थाको त्रिवर्षिय ब्याबशायिक योजनाका केहि लक्षहरुमा संसोधन गर्दै सोहि आधारमा १० हजार भन्दा बढी सदस्य संख्या र ९५ करोड कुल सम्पती पुर्याउने बित्तिय लक्षहरु सहितको आ.ब.२०७५÷६७ का वार्षिक निति तथा कार्यक्रमहरु तर्जुमा गरेको छ ।

वित्तिय साक्षरता तालिम सम्पन्न

जेष्ठ ११ गते
वित्तिय साक्षरता तालिम सम्पन्न
मिति २०७५।०२।११ गते यस गैडाकोट स्वाभिमान वचत तथा ऋण सहकारी संस्थाको शिक्षा उप समितिको आयोजनामा एक दिने वित्तिय साक्षरता तालिम सम्पन्न भयो । उक्त कार्यक्रम संस्थाको अध्यक्ष श्री देवराज पौडेल ज्यु को बिशेष आतिथ्यतामा भएको थियो भने स्वागत मन्तव्य शिक्षा उप समितिका संयोजक श्री कुल प्रसाद पाण्डे ज्यु ले राख्नु भएको थियो । उक्त कार्यक्रमा उपाध्यक्ष पोषणराज सुबेदी तथा अन्य संचालक समितिका सदस्यहरु गिता तिवारी, राधा लामिछाने समेतको उपस्थिती रहेको कार्यक्रम विभिन्न वडा का सक्रिय महिला समुह सदस्यहरु वाट ५७ जनाको उपस्थितीमा सम्पन्न भयो । उक्त कार्यक्रम शिक्षा उपसमिति सदस्य श्री राम प्रसाद शर्माले संचालन गर्नुभएको थियो भने कार्यक्रममा वित्तिय साक्षरता सम्वन्धमा यस संस्थाको संस्थापक अध्यक्ष एवं एक्सेस कार्यदलको संयोजक श्री गोविन्द सुवेदी , सल्लाहकार श्री जनकलाल तिवारी एवं प्रमुख व्यवस्थापक श्री रामचन्द्र सुवेदी ज्यु ले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम विहान १०ः३० वाट शुरु भई ४ः३० वजे सम्म भएको थियो भने समापन यस संस्थाको उपाध्यक्ष श्री पोषण राज सुवेदी ज्यु गर्नुभएको थियो ।

अबलोकन भ्रमण सम्बन्धी सुचना

अबलोकन भ्रमण सम्बन्धी सुचना
यस संस्थाका सदस्यहरुको लागि पोखरा, घान्दु्रक, बाग्लुङ, पाल्पा, रुपन्देहिको ३ दिने सहकारी अवलोकन भ्रमण कार्यक्रम तपशील बमोजिमले आयोजना गरिएको हुँदा इच्छुक सदस्यहरुले समयमै नाम दर्ता गराइ आफ्नो सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपशिल ः
सहभागिताको लागि
 २०७४ माघ मसान्त सम्म कायम भएका सदस्यहरु सहभागि हुन सकिने ।
 ऋण लिएको भए भाखा ननाघेको हुनु पर्ने ।
 भ्रमण बचत खाता भएको र भ्रमण खर्च बापतको रकम उक्त खातामा जम्मा भएकोे हुनु पर्ने ।
 चैत्र मसान्त सम्मको नियमित मासिक बचत रकम खातामा जम्मा गरेको हुनु पर्ने ।
 मासिक बचत खाता, भ्रमण बचत खाता सहित कम्तीमा चार प्रकारका बचत खाताहरुमा नियमित कारोबार गरेको हुनु पर्ने ।
 भ्रमण मिति ः २०७५ बैशाख १५ देखि १७ गते सम्म (पहिले नाम दर्ता गर्ने १२० जनाको समुहको लागि)
(पहिले नाम दर्ता गर्ने १२० जनाको समुहको लागि बैशाख १५ देखि १७ गते सम्म र त्यस भन्दा बढी सहभागिको नाम दर्ता भएमा अर्को समुहको लागि भ्रमण मिति बैशाख ११ गते पछि निर्धारण गरिने छ ।)
 नाम दर्ता शुल्क ः प्रति ब्यक्ति रु ७००/ (सहभागिहरुले आवास, खाजा तथा खाना खर्चको ब्यबस्था आफै गर्नु पर्ने छ । )
 नाम दर्ता गर्ने अन्तिम मिति ः २०७५ बैशाख १० गते सोमबार ४ बजे सम्म
 नाम दर्ता गर्ने स्थान ः संस्थाका सबै कार्यालयहरुमा ।

सदस्य परिवार राहतकोष प्रदान

यस गैडाकोट स्वाभिमान साकोसका सदस्य नं ००१००११८० का सदस्य प्रकाश पुन को गत २०७४ चैत्र २९ मा भएको असमायिक निधन प्रति हार्दिक समबेदना एवं श्रद्धान्जली प्रकट गर्दै सदस्य राहत कार्यक्रममा उहाको सहभागिता रहेको हुदा निजका बाबु लाई रु २२ हजार रकम सहित समबेदना पत्र प्रदान गरिएको छ । संस्थाका कोषाध्यक्ष श्री शान्ति सापकोटा सहितको संचालक समिति र कर्मचारीको सहभागितामा मृतक सदस्यको घरमा नै गएर नवौ पुण्य तिथिको अवसरमा उक्त राहत रकम बितरण गरिएको छ ।

निशुल्क दन्त शिविर सम्पन्न

गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था द्धारा अमरापुरी क्षेत्रमा १ दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।

Read moreनिशुल्क दन्त शिविर सम्पन्न

संस्थाको २५ औ साधारण सभा सम्पन्न

देवराज पौडेलको अध्यक्षतामा १७ सदस्य संचालक समिति र गोबिन्द सुबेदीको संयोजकत्वमा ३ सदस्य लेखा तथा सुपरिबेक्षण समिति गठन गर्दै गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको २५ औ साधारण सभा सम्पन्न भएको छ ।

Read moreसंस्थाको २५ औ साधारण सभा सम्पन्न

शहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिं, लायन्स क्लव अफ गैडाकोट र कन्टीनेन्टल आवासिय मा.बि. को संयुक्त आयोजनामा शहिद दिवसको अवसर पारेर मिति २०७४ माघ १५ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । १५ जना महिला सहित जम्मा ५९ जना ले रक्तदान गरेको उक्त कार्यक्रम गैडाकोट स्वाभिमान साकोसका अध्यक्ष श्री देवराज पौडेल को अध्यक्षतामा र गैडाकोट नगरपालिका प्रमुख श्री छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी स.स्था र अन्य दुई वटा संस्था हरु को संयुक्त आयोजनामा गर्न लागिएको यस प्रकार को पुण्य कार्य बाट मानविय कल्याणमा ठुलो टेवा पुग्ने र समुदायको हित हुने कुरामा जोड दिदै आयोजक संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो । रक्त दाता एवं युवा ब्यावसायी लायन देश बन्धु सिग्देल लाई प्रमुख अतिथि छत्रराज पौडेलले ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ भएको उक्त कार्यक्रमको संचालन लायन भुमिश्वर भुषाल (राजु) ले गर्नुभएको थियो भने कन्टीनेन्टल आवासिय मा.बि. का प्राचार्य श्री बिनोद पौडेलले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा सामाजिक बिकास तथा अनुसन्धान केन्द्र का कार्यकारी निर्देशक श्री गणेश प्रसाद शर्मा, कन्टी नेन्टल आवासिय मा.बि. का बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष श्री दिपक प्रधान, लायन्स क्लव अफ गैडाकोटका अध्यक्ष श्री शिवराज काफ्ले, गैडाकोट स्वाभिमान साकोसका सामाजिक कार्यक्रम परिचालन उप समिति संयोजक गिता तिवारीको उपस्थिती रहेको थियो ।

अन्तराष्ट्रिय स्तरको एस्सेस ब्राण्ड प्राप्त र ७१०० भन्दा बढी सदस्य, तिनवटा सेवा केन्द्र कार्यालयहरु सहित ६० करोड कुल पुँजि भएको गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लगायतका दुई वटा संस्थाहरु मिलेर सामुदायिक उक्तरदायित्व कार्यक्रम अन्तरगत बिगत चार वर्ष देखि नियमित रुपमा यस प्रकारको रक्त दान कार्यक्रम संचालन गर्दै आईरहेको जानकारी गैडाकोट स्वाभिमान साकोसका प्रमुख ब्यबस्थापक श्री रामचन्द्र सुबेदी ले दिनुभयो ।

प्रगती समिक्षा कार्यक्रम सम्पन्न

यस गैडाकोट स्वाभिमान साकोसको आ.ब.२०७४÷७५ को प्रगती कार्यक्रम फागुन २९ गते संस्थाको मुख्य कार्यालयमा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष श्री पोषणराज सुबेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम शिक्षा उप समिति संयोजक तथा संचालक सदस्य श्री कुल प्रसाद पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा संचालक समिति, बिभिन्न उप समितिहरु र बिभागिय प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त समिक्षा कार्यक्रममा माघ महिना सम्मको बित्तिय तथा प्रगती समिक्षा गरिएको थियो । प्रमुख ब्यबस्थापक श्री रामचन्द्र सुबेदीले संस्थाको त्रिवर्षिय एवं चालु आ.ब.को बित्तिय लक्ष एवं प्रस्तावित कार्यक्रमको आधारमा तुलनात्मक प्रगती बिबरण पेश गर्नु भएकोमा सो सम्बन्धमा छलफल गरिएको थियो । ५१ जना सहभागि भएको उक्त कर्यक्रममा संचालक समिति एवं उप समितिहरु बिच परिचयात्मक कार्यक्रम पनि भएको थियो । सोही कार्यक्रममा उप समितिहरुको लागि संस्थापक अध्यक्ष श्री गोबिन्द सुबेदी बाट अभिमुखिकरण पनि गरिएको थियो ।

६२ करोड कुल पुँजि रहेको ७१४६ जना सदस्य रहेको यस संस्थाले गैडाकोट नगरपालिकामा एक मुख्य कार्यालय र तिन वटा सेवा केन्द्र कार्यालयहरुबाट गरी जम्मा ४ वटा कार्यलयहरुबाट सदस्यहरुलाई बिभिन्न बित्तिय तथा गैर बित्तिय सेवा प्रदान गर्दै आई रहेको छ ।

संचालकको क्षमता अभिबृद्धि तालिम सम्पन्न

गैडाकोट स्वाभिमान साकोसको आयोजना र नेफ्स्कुनको प्राबिधिक सहयोगमा गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री देवराज पौडेल ज्यूको अध्यक्षतामा र तालिमको उद्घाटन कर्यक्रमका प्रमुख अतिथी नेफ्रस्कुन सञ्चालक श्री शान्ती अधिकारी ज्यूको प्रमुख आतिथ्तामा सञ्चालक समितीको क्षमता अभिबृद्धि तालिम (CUDCC) कार्यक्रम चितवनको सौराहमा मिति २०७४÷११÷१६ गते देखि १९ गते सम्म सम्पन्न भएको छ । यस संस्थाका सञ्चालक समिती र कर्मचारीहरु गरी २७ जनाको सहभागी सहभागिता रहेको तालिमको प्रशिक्षक नेफ्रस्कुनका बरिष्ठ कार्यक्रम अधिकृत दुर्गा प्रसाद ढकाल ज्यूले रहनु भएको थियो । ४ दिन सम्म सञ्चालित तालिम कार्यक्रमको अन्तिम दिन नेफ्स्कुनका सञ्चालक सदस्य श्री भरत प्रसाद दवाडी ज्यूको प्रमुख आतिथ्तामा समापन भएको थियो । तालिम पश्चात यस साकोसको दिगो बिकासको लागि र सदस्यहरुलाई उच्च तहको गुणस्तरीय सेवा प्रदान गर्न धेरै प्ररणा र ज्ञान प्राप्त भएको कुरा सहभागिहरु ले प्रकट गर्नु भएको थियो ।

सामाजिक उत्तरदायित्व

निःशुल्क आँखा शिविर: ‘‘सदस्यहरूको स्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ गैंडाकोट स्वाभिमान साकोसको नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मिति २०७३÷११÷२७ गते शुक्रबार जनक मा.वि.का विद्यार्थीहरूका लागि निःशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गरियो । उक्त आँखा शिविर कार्यक्रममा ७४६ जना विद्यार्थीहरूको आँखाको दृष्टि जाँच गरिएकामा ३३ जनाको विस्तृत आँखा जाँच पश्चात् २३ जनालाई चस्मा लगाउनुपर्ने सिफारिस गरी चस्मा उपलब्ध गराइएको थियो भने ३ जनाको आँखामा जटिल समस्या देखिएको हुँदा भरतपुर आँखा अस्पतालमा जान सिफारिस गरिएको थियो । चस्मा लगाउनुपर्ने २३ जना विद्यार्थीहरूलाई ५९ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा संस्थामा आयोजित कार्यक्रममा निःशुल्क रूपमा चस्मा उपलब्ध गराइएको थियो । उक्त कार्यक्रममा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

Read moreसामाजिक उत्तरदायित्व

सदस्य सर्वेक्षण

समुदायमा आधारित यस साकोसका सेयर सदस्यहरू संस्थाका मालिक हुन् । तसर्थ संस्थाद्वारा प्रदान गरिने सेवासुविधाहरूले सदस्यहरूको माग, आवश्यकता, चाहना र सन्तुष्टिलाई पूर्ण रूपमा सम्बोधन गर्न सकेका छन् कि छैनन् भन्ने तबरबाट पहिचान र विश्लेषण गर्ने गरिएकामा सकेका सदस्यहरूको सन्तुष्टिलाई सर्वोपरि ठानी संस्थाका सेवासुविधाको निर्धारण तथा परिमार्जन गर्नुपर्ने हुन्छ ।

Read moreसदस्य सर्वेक्षण

संस्थाको नियमित सेवाहरु

गैंडाकोट स्वाभिमान साकोसले सदस्यहरूको सम्पूर्ण वित्तीय आवश्यकताको समाधान गर्न सक्ने गरी संस्थाको वित्तीय क्षमतामा विकास गरिरहेको छ । आधुनिक र सुविधाजनक रूपमा कार्यालयको व्यवस्थापन गरिएको छ । सदस्यहरूलाई सुविधा प्रदान गर्ने उद्देश्यले वर्षको ३६० दिन मुख्य कार्यालयबाट काउन्टर सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । संस्थाको वित्तीय कारोबारको लेखा तथा व्यवस्थापन गर्न अत्याधुनिक कम्प्युटर सफ्टवेयर प्रणालीको व्यवस्था मिलाइएको छ । रकम जम्मा गरेको, झिकेको SMS जानकारी आउने, चेक अनुरोध, सदस्यहरूको कारोबारको विवरण हेर्न सकिने, सदस्यले चाहेको खातामा रकम जम्मा गरिदिन सक्ने सुविधासहितको मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । सोही एप्सको प्रयोग गरी मोबाइलमा व्यालेन्स रिचार्ज गर्ने, टेलिफोन लाइनको बिल भुक्तानी गर्नेजस्ता सुविधाहरू पनि उपलब्ध गराइएको छ ।

Read moreसंस्थाको नियमित सेवाहरु

प्रमुख ब्यबस्थापकको प्रतिबद्धता

 

सहकारीको माध्यमबाट बिभिन्न बित्तिय तथा गैर बित्तिय सेवाहरु मार्फत सदस्यहरुको आर्थिक सामाजिक सास्कृतिक उन्नतीमा टेवा पुर्याउने ध्येयका साथ क्रियाशिल यस गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थामा २०६९ साल देखि सदस्यहरुको सेवामा समर्पित भई कर्य गर्ने अवसर प्राप्त भएकोमा यस संस्थाका पुर्व तथा बर्तमान संचालक, कर्मचारी मित्रहरु , समस्त सदस्य एवं शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

Read moreप्रमुख ब्यबस्थापकको प्रतिबद्धता

खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं

खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं भन्ने आह्वानका साथ तत्कालीन गैंडाकोट युवा क्लब हालको सामाजिक विकास तथा अनुसन्धान केन्द्र को सक्रियतामा ६० जना स्थानीय युवाहरू मिलेर मिति २०५१/०२/०८ मा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता गरिएको गैंडाकोट बचत तथा ऋण सहकारी संस्था लि. र २५ जना सदस्यहरु मिलेर मिति २०५२/११/२६ मा डिभिजन सहकारी कार्यालयमा दर्ता गरि तत्कालीन गैंडाकोट गा.वि.स.मा क्रियाशील स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. बीच मिति २०७३ मंसिर ५ मा एकीकरण भई कायम भएको यस गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोट क्षेत्रका सदस्यहरूलाई आर्थिक र सामाजिक रूपमा सबल र स्वाभिमानी नागरिकका रूपमा स्थापित गराउन क्रियाशील रहेको प्रारम्भिक सहकारी संस्था हो। सहकारी एकिकरण मार्फत सदस्यहरुलाई बिस्तारित र गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले २०७४ असोज महिनामा आमा बचत तथा ऋण सहकारी संस्था लि. संग समेत एकिकरण गरि यो संस्था सहकारीका सर्वमान्य सिद्घान्तहरू तथा मूल्य र मान्यताहरूलाई अङ्गीकार गरी सदस्यहरूको हितका लागि संस्थालाई पारदर्शी, जवाफदेही र कुशल ढङ्गबाट व्यवस्थापन र विभिन्न सामाजिक एवं आर्थिक क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ । तत्कालीन गैंडाकोट गा.वि.स. लाई कार्यक्षेत्र मानी मासिक रु. ५० बचत गरेर प्रारम्भ गरिएको यस संस्थाले हाल गैडाकोट नगरपालिकालाई नै आफ्नो कार्यक्षेत्र बनाएर ७२०० भन्दा बढी सदस्यहरूलाई प्रत्यक्ष लाभान्वित गराउँदै आइरहेको छ ।

गैंडाकोटको प्रमुख व्यापारिक स्थल तथा पूर्वपश्चिम राजमार्गसँग जोडिएको आनै आकर्षक र सुविधासम्पन्न मुख्य कार्यालय तथा मिलनचोकमा आनै स्वामित्वमा रहेको सेवा केन्द्र कार्यालय, गैंडाकोट २ कालिगण्डकी चोकमा रहेको आमा सेवा केन्द्र कार्यालय तथा गैडाकोट १५ अमरापुरी क्षेत्रमा रहेको अमरापुरी सेवा केन्द्र कार्यालयबाट समेत सदस्यहरूलाई सरल र सुविधाजनक तवरबाट बचत सङ्कलन, ऋण लगानी, रेमिट्यान्स तथा अन्य वित्तीय तथा गैरवित्तीय सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ । संस्थामा उपलब्ध विभिन्न आर्थिक तथा सामाजिक गतिविधिहरूका माध्यमबाट संस्थाले आनो छवि एवं प्रभावकारितालाई जनसमुदायमा राम्रोसँग स्थापित गराउन सफल भएको छ ।

संस्थागत सुदृढीकरण र सहकारी अभियानमा समेत टेवा पुर्याउनका लागि यस संस्थाले सहकारी विभाग, राष्ट्रिय सहकारी संघ, डिभिजन सहकारी कार्यालय, नेफ्स्कुन लगायतका निकायहरूसँग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेको छ । आधुनिक वित्तीय परिवेशमा संस्थालाई सक्षम र सबल बनाई सदस्यहरूको सर्वोत्तम छनौटका रूपमा यसै संस्थालाई रोज्ने गरी विकास गर्न ब्ऋऋग् द्वारा प्रतिपादित र नेस्कुन मार्फत सञ्चालित एक्सेस ब्रान्डिङ कार्यक्रममा सहभागी भई सदस्यहरूलाई सर्वोत्कृष्ट सेवा तथा सन्तुष्टि प्रदान गर्न क्रियाशील रहदै गर्दा अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड २०१७ प्राप्त गर्न सफल भएको छ । संस्थामा हाल कुशल र अनुभवी १७ जनाको सञ्चालक समिति, ३ जनाको लेखा तथा सुपरिवेक्षण समिति र १९ जना दक्ष कर्मचारीहरूबाट कार्यालयको नीतिगत व्यवस्थापन, कार्य सञ्चालन र त्यसको सुपरिवेक्षणको काम भइरहेको छ ।

सहकारीका सिद्धान्तहरू

  • अन्तर्राष्ट्रिय सहकारी महासंघद्वारा पारित सहकारीका सात सिद्धान्तहरू
  • विश्व ऋण परिषदद्वारा प्रतिपादित ९ वटा सिद्धान्तहरू

    Read moreसहकारीका सिद्धान्तहरू

नेपालको आर्थिक विकासमा सहकारीको भूमिका

३८औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा गैंडाकोट स्वाभिमान साकोसद्वारा आयोजित “नेपालको आर्थिक विकासमा सहकारीको भूमिका” विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्धलेखन प्रतियोगितामा प्रथम स्थान प्राप्त निबन्ध:

Read moreनेपालको आर्थिक विकासमा सहकारीको भूमिका

उत्कृष्ट नियमित बचत पुरस्कार प्रदानका आधारहरू

  • मासिक बचत खातामा सधै एउटै मितिमा (शनिवार वा बिदाको दिनमा पनि) निश्चित रकम जम्मा गर्ने गरेको
  • ऋण लिएको भए असल ऋणी भएको ।
  • कम्तीमा अन्य २ वटा बचत खाता मार्फत नियमित कारोबार गर्ने गरेको ।
  • विगत ५ वर्षदेखि मासिक बचत फिर्ता नलगेको ।

सूचना तथा सञ्चार

सूचना तथा सञ्चार प्रविधि संस्थाका गतिविधिहरूको जानकारीका लागि वेभ साइट, फेसबुक तथा अन्य छापा तथा विद्युतीय माध्यमहरूको प्रयोग गर्ने गरिएको छ । यसै वर्षदेखि संस्थाका कार्यक्रम तथा अन्य सूचनाहरू संस्थाको नोटिस बोर्ड नं. १६८० ०७८ ५०३३२१ मा डायल गरी सुन्न सकिने व्यवस्था मिलाइएको छ । वार्षिक रूपमा प्रकाशन गरिने प्रगति प्रतिवेदनमार्फत संस्थाका विस्तृत जानकारीको सम्प्रेषण गरिएको छ । सदस्य सूचनाका लागि क्ःक्, पत्राचार, फेसबुक, वेभ साइट, इमेलजस्ता माध्यमहरूलाई अझै प्रभावकारी तबरबाट सञ्चालन गरिएको छ । कार्यालयमा डिजिटल डिस्प्ले बोर्डमा संस्थाका सूचना, जानकारी तथा समाचारहरू प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । एसएमएस सेवा प्रयोग गरिरहनुभएका सदस्यहरूलाई संस्थाले निःशुल्क रूपमा उपलब्ध गराएको मोवाइल एप्समा संस्थाका गतिविधिहरूका बारेमा जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ ।

एक्सेस ब्रान्ड प्राप्त

गैंडाकोट स्वाभिमान साकोसका सबै सेवा सुविधा एवं कार्यक्रमहरूको गुणस्तरलाई सदस्य सन्तुष्टिको दृष्टिकोणबाट अझै सुनिश्चित बनाउन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघद्वारा ब्ऋऋग् को सहयोगमा सञ्चालित एक्सेस ब्रान्डिङ कार्यक्रममा तेस्रो व्याचमा (मध्यपश्चिम समूहमा) सहभागी हुँदै आएकोे छ । यसै कार्यक्रमअन्तर्गत मिति २०७४÷०२÷२३ मा एसियाली ऋण मह्रासंघका प्राविधिक सल्लाहकार रन्जित हिताराची र नेफ्स्कुनका कार्यक्रम अधिकृत श्री बल्लभ तिमल्सिनाद्वारा संस्थाको मुख्य कार्यालयमा एक्सेसका ८६ वटा सूचकहरूका आधारमा स्थलगत अन्वेषण र विश्लेषण (फाइनल अडिट) गरी यस संस्थाद्वारा सदस्यहरूलाई उपलब्ध वित्तीय तथा गैरवित्तीय सेवाको गुणस्तरमा सुनिश्चित भएको प्रमाण स्वरूप एक्सेस ब्रान्डको ब्रोन्ज ब्रान्ड ९ब्ऋऋभ्क्क् द्यच्इल्श्भ् द्यच्ब्ल्म्० प्रदान गर्ने भनी मिति २०७४ भाद्र ५ मा अकुको निर्णय जानकारी प्राप्त भएको थियो । श्रीलंकाको कोलम्बोमा आयोजना भएको अकु फोरमका अवसरमा मिति २०७४ आश्विन ४ यस संस्थाका संस्थापक अध्यक्ष श्री गोविन्द सुवेदी र उपाध्यक्ष श्री देवराज पौडेलले उक्त एक्सेस ब्रान्ड ग्रहण गर्नुभएको सुखद र ताजा अनुभूतिसमेत यहाँहरू समक्ष पेस गर्न चाहन्छु । यस अवसरमा ब्रान्ड प्राप्त गर्न अमूल्य सहयोग पु¥याउनुहुने समस्त सेयर सदस्य महानुभावहरू, पूर्व तथा वर्तमान सञ्चालक, प्रमुख व्यवस्थापक लगायत सम्पूर्ण कर्मचारी, विभिन्न सहयोगी संघसंस्था एवं शुभचिन्तक महानुभावहरूलाई हार्दिक बधाइ तथा धन्यवादसमेत ज्ञापन गर्दछु । निकट भविष्यमा अझै उच्च तहको ब्रान्ड प्राप्त गर्ने गरी यस ब्रान्ड प्राप्तिले हामीलाई सदस्यहरूको हितका लागि अझै जिम्मेवारीबोधका साथ प्रतिबद्ध भएर क्रियाशील भइरहन अभिप्रेरित गरेको छ ।

ध्येय (Mission)

आधुनिक प्रविधियुक्त सर्वसुलभ गुणस्तरीय वित्तीय सेवाहरू तथा तालिम, शिक्षा, सूचना र सामाजिक क्रियाकलापमार्फत सदस्यको आर्थिक सामाजिक सांस्कृतिक उन्नतिमा टेवा पु¥याउने ।

लक्ष्य (Goal)

  • संस्थालाई वित्तीय रूपमा सक्षम बनाउने ।
  • सदस्यहरूलाई आधुनिक, प्रतिस्पर्धी र सुविधाजनक वित्तीय सेवा प्रदान गर्ने ।
  • स्थानीय साधन र स्रोतको अधिकतम उपयोग गर्दै सदस्यहरूमा उद्यमशीलता एवं व्यावसायिक क्षमताको विकास गर्ने ।
  • सहकारीको मूल्य मान्यताअनुरूप सदस्यहरूलाई सामाजिक रूपमा जागरूक र सक्रिय बनाउने ।
  • संस्थागत विकास, सुशासन, समन्वय तथा सहकार्यलाई अझ मजबुत बनाउने ।